राष्ट्रिय टोलीका कप्तान किरण कुमार लिम्बुले शनिबारदेखि शुरु हुने खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीको कप्तानी गर्ने भएका छन्। आइकोनिक प्लेयरको रुपमा राष्ट्रिय टोलीका कप्तान किरणलाई आबद्ध गरेको धनगढीले राष्ट्रिय टोलीका समेत कप्तान रहेका किरणलाई नै धनगढी एफसीको कप्तानको जिम्मेवारी दिएको जनाएको छ।

गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढी एफसीले राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईलाई ‘मार्की खेलाडी’ घोषणा गरेको थियो। यस्तै धनगढीको मुख्य प्रायोजकको रुपमा किया मोटर्सको साथ मिलेको छ। जर्सीको अघिल्लो भागमा किया मोटर्सको लोगो अंकित हुनेछ। टोलीमा दुई बिदेशी र दुई स्थानिय खेलाडीसमेत आबद्ध भएर प्रशिक्षण गरिरहेका छन्।

टिमले पहिलो खेल आइतबार विराटनगरसँग खेल्दैछ। प्रशिक्षकमा नाइजेरियाली नागरिक तोपे फुजालाई अनुबन्ध गरिसकेका छ। त्यस्तै राष्ट्रिय टिमका पूर्व फरवार्ड एवं प्रशिक्षक युगल किशोर राईलाई धनगढी एफसीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

प्रतिक्रिया दिनुस