फाइल ।

भारतको मुम्बईस्थित विरारमा रहेको विजय वल्लभ अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। कोभिड अस्पतालको आईसीयू वार्डमा आगो लागेको हो। आगो लाग्दा आईसीयू वार्डमा १७ जना थिए।

शर्ट सर्किट भएकाले आगो लागेको बताइएको छ। तर पूर्ण अनुसन्धानपछि मात्र सही कारण पत्ता लाग्ने भनिएको छ। घटना भएलगत्तै दमकल र एम्बुलेन्स घटनास्थलमा पुगेका थिए। अन्य रोगीहरूलाई अर्को अस्पताल लगिएको छ। एक महिनाभित्र मुम्बईमा आगलागीको यो तेस्रो घटना हो। एजेन्सी

प्रतिक्रिया दिनुस