आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । हिजो (बिहीबार) तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार ५ सय रुपैयाँले घटेर तोलाको ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य आज ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य ९१ हजार ७ सय रुपैयाँ कायम भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो बिहीबार तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुस