नेकपा एमालेले सुदुरपश्चिमका नेताहरुको जिम्मेवारी तोकेको छ। प्रदेशको इन्चार्जको जिम्मेवारी उधोग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टलाई दिएको छ। सह इन्चार्जमा गणेश सिं ठगुन्ना, नारदमुनी राना, महेस्वर पाठकलाई तोकेको छ। रानालाई कैलालीको इन्चार्ज पनि बनाएको छ। प्रदेश अध्यक्षमा कर्ण थापालाई जिम्मेवारी दिएको छ।
यस्तै कैलाली सह –इन्चार्जमा लीला भन्डारीलाई जिम्मेवारी दिएको छ। निरुदेबि पाल कञ्चनपुर इन्चार्ज, झपट बोहरा अछाम इन्चार्ज गौरी कुमारी ओली डोटी इन्चार्ज, पुरन सिं दयाल बैतडी इन्चार्ज, लालबहादुर थापा बाजुरा इन्चार्ज, राजेन्द्र सिंह रावललाई प्रदेश सचिब एबम डडेल्धुरा इन्चार्ज तोकेको छ।
एमाले नेताहरूको जिम्मेवारी यस प्रकार छ
लेखराज भट्ट : इन्चार्ज सुदूरपश्चिम प्रदेश, प्रमुख उद्योग तथा वाणिज्य विभाग, इन्चार्ज नेपाल उद्योग व्यवसाय महासङ्घ तथा सम्बद्ध सङ्गठनहरू
कर्ण थापा : अध्यक्ष सुदूरपश्चिम प्रदेश
गणेश ठगुन्ना : प्रमुख सामान्य प्रशासन विभाग, सह इन्चार्ज सुदूरपश्चिम प्रदेश, इन्चार्ज दार्चुला
नदरमुनि राना : सह इन्चार्ज सुदूरपश्चिम प्रदेश, इन्चार्ज कैलाली
प्रेम आले : प्रमुख वन तथा वातावरण विभाग
महेश्वर पाठक : सह इन्चार्ज सुदूरपश्चिम प्रदेश
राजेन्द्र रावल : सचिव सुदूरपश्चिम प्रदेश, इन्चार्ज डडेल्धुरा जिल्ला
लाल बहादुर थापा : इन्चार्ज बाजुरा जिल्ला
निरुदेबि पाल : इन्चार्ज कञ्चनपुर जिल्ला
पुरनसिंह दयाल : इन्चार्ज बैतडी जिल्ला
गौरी ओली : इन्चार्ज डोटी जिल्ला
झपट बोहरा ; इन्चार्ज अछाम जिल्ला
भैरव सिंह : इन्चार्ज बझाङ जिल्ला
दीपक देवकोटा : सह इन्चार्ज कैलाली जिल्ला
लीला भण्डारी : सह इन्चार्ज कैलाली जिल्ला