भारतमा कोरोनाको दोस्रो लहर खतरनाक हुँदै गइरहेको छ। शनिबार भारतमा सर्वाधिक ३ लाख ४८ हजार ९ सय ७९ मानिसहरुमा कोरोनाको पुष्टि भएको छ। हालसम्म एक दिनमा भेटिएको संक्रमितको यो आँकडा सबैभन्दा धेरै हो। भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी संक्रमित भेटिएको हो।

यो समयमा २ लाख १५ हजार ८०३ मानिसहरुले कोरोनालाई मात पनि दिए। यस्तै, मृतकको आँकडाको कुरा गर्ने हो भने एक दिनमा २७६१ मानिसहरुको कोरोनाका कारण ज्यान गुमेको छ। सबैभन्दा धेरै महाराष्ट्रमा मृत्यु भएको छ। यहाँ ६७६ मानिसहरुले ज्यान गुमाएका छन्। यस्तै दिल्लीमा ३५७ को मृत्यु भएको छ।

सक्रिय संक्रमितको संख्या २६ लाख पार :

भारतमा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेकाहरुको संख्या २६ लाख पार भएको छ। हाल भारतमा २६ लाख ७४ हजार २८७ बिरामीको उपचार चलिरहेको छ। शुक्रबार सक्रिय संक्रमितको संख्यामा १ लाख ३० हजार १९९ वृद्धि भएको छ।

प्रतिक्रिया दिनुस