मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बोलाइएको छ । आजको बैठकले कोभिड–१९ सङ्क्रमणको चेन ब्रेक गर्न सरकारले आवश्यक निर्णय र निर्देशन जारी गर्न सक्ने बताइएको छ ।  बैठकले कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणमा केन्द्रित हुनेछ ।

आइतबार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो ।
यस्तै पहाडमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय सङ्क्रमित भएमा जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको हो ।

प्रतिक्रिया दिनुस