इन्डियन प्रिमीयर लिग (आइपीएल) क्रिक्रेट, प्रिमिएर लिग, स्पेनिस ला लिगा फुटबल, यूएफए च्याम्पिएर लिग लगायतमा अनलाइन सट्टेबाजी गराउने धनगढीका १ जना सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको विभिन्न स्थानबाट महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा कैलालीको धनगढी २ घर भई हाल काठमाडौं–१६ बनस्थली बस्ने ३१ वर्षीय अशोक सिंह, रौतहटको गौर नगरपालिका–१ घर भई हाल ठमेल बस्ने २८ वर्षीय राहुल कुमार जैसवाल, मोरङको बिराटनगर महानगरपालिका–३ घर भई हाल कालिमाटी बस्ने ३० वर्षीय संदिप कुमार मंडल, काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका घर भइ हाल ठमेल बस्ने ३६ वर्षीय राजु थापा, धादिङ् गल्छी गाउँपालिका–२ घर भई हाल ठमेल बस्ने ३१ वर्षीय सन्तोष खतिवडा रहेका छन्। यस्तै भारतीय नागरिकहरु समेत उक्त कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुस