कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गइरहेको भन्दै कञ्चनपुरमा बजार व्यवशाय देखी भिडभाड व्यवस्थापनमा जोड दिइएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार सूचना जारी गर्दे बिहान ८ बजे देखी दिउँसो ३ बजेसम्म मात्रै जिल्लामा व्यापार–व्यवशाय गर्न निर्देशन दिएको हो।

प्रशासनले बुधबारदेखी लागु हुने गरि जिल्लाका ९ वटै स्थानियतहका बजार क्षेत्र राजमार्ग छेउछाउका अन्य बजार, सेवाहरु तोकीएको मापदण्ड अनुसार बिहान ८ बजे देखी दिउँसो ३ बजेसम्म आइतबार देखी सुक्रबार सम्म खोल्न पाइने र शनिबार सम्पुर्ण क्षेत्र बन्द रहने जनाएको छ। अत्यावस्यक सवारी साधनमा जोर बिजोर लागु गरि सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ। अन्यथा संक्रामक रोग ऐन २०२० बमोजिम कार्वाही गरिने प्रशासनले चेतावनि दिएको छ।

No photo description available.

प्रतिक्रिया दिनुस