कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कैलालीमा एक हप्ताको लागि निषेधाज्ञा (लकडाउन) गरिने भएको छ। जिल्लामा उच्च दरमा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै जिल्ला कोभिड व्यवस्थापन केन्द्र कैलालीले १६ गते देखी एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको अध्यक्षमा मंगलबार बसेको केन्द्रको बैठकले सो निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी रिजालले बैशाख १६ गतेदेखि निषेधाज्ञाको क्रममा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द रहने जानकारी दिए।

प्रतिक्रिया दिनुस