फाइल।

महाकाली अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–११ का ४० वर्षीय पुरुषको उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. गोविन्द रोकायाले जानकारी दिए।

श्वासप्रश्वासमा समस्या आएपछि उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो। भारतबाट फर्किएका उनमा भारतमै परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुस