स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण शुल्क दुई हजार रुपैयाँभन्दा बढी लिने निजी प्रयोगशालाहरुलाई परीक्षणको सूचीबाट हटाउने जनाएको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै सरकारले तोकेको प्रतिनमुना दुई हजारबाहेक कुनै पनि बहानामा शुल्क लिइएको पाइएमा परीक्षणको सूचीबाट हटाउने चेतावनी दिएको हो ।

केही निजी प्रयोगशालाले संक्रमण नियन्त्रणलगायतको नाममा थप शुल्क लिने गरेको पाइएकाले यस्तो चेतावनी दिएको जनाएको छ । अहिले मुलुकभर ५० सरकारी र ३६ निजी गरी कुला ८६ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । मन्त्रालयले सरकारीका लागि एक हजार र निजीका लागि दुई हजार रुपैयाँ परीक्षण शुल्क तोकेको छ ।

प्रतिक्रिया दिनुस