महेन्द्रनगरमा मास्क नलगाइ यात्रा गर्ने ३९ जना कार्वाहीमा परेका छन्। महेन्द्रनगर बजार क्षेत्र तथा भासीमा वडा प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझीको कमाण्डमा खटिएको प्रहरीको टोलीले ३९ जना सवारी साधनमा सवार यात्रुहरुलाई मास्क वितरण गर्दे रु ५० का दरले जरीवाना गराएको हो।

प्रहरीले सञ्चालन गरिरहेको तपाईको माक्स खोई ? अनिवार्य मास्क लगाउनु है ? भन्ने कार्यक्रम अन्र्तगत कडाइ थालेको हो। प्रहरीलेमंगलबार ३९ वटा सवारी धनीबाट एक हजार ९ सय ५० जरिवाना असुल गरेको छ। त्यस्तै १००÷१२० जना मानिसहरु लाई सम्झाई बुझाई गरिमास्क लगाउन लगाइएको प्रहरी निरीक्षक माझीले जानकारी दिए। उनले अनिर्वाय मास्क लगाउन आग्रह समेत गरे।

प्रतिक्रिया दिनुस