कञ्चनपुरको महाकाली अस्पतालमा ७ भेन्टिलेटर मेसिन थन्किएका छन्। अस्पतालमा रहेका १३ भेन्टिलेटर मध्ये ३ वटा चल्न नसक्ने अवस्थामा छन् भने अहिले ६ वटा मात्रै सञ्चालनमा रहेका हुन्।
 जनशक्ति अभावमा भेन्टिलेटर मेसिन प्रयोगमा ल्याउन नसकिएको महाकाली अस्पतालका मेसु डा. हरि कुमार श्रेष्ठले जानकारी दिए।
उनले भने,–‘४ वटा भेन्टिलेटर जडान गरेर तयारी अवस्थामा राखेका छौ, सञ्चालन गर्नका लागी आवश्यक जनशक्ति छैन।’ उनले जनशक्ति व्यवस्थापनका लागी सामाजिक विकास मन्त्रालयमा पत्राचार गरिएको बताए। महाकाली अस्पतालमा रहेका भेन्टिलेटर सञ्चालनमा नल्याइँदा सिकिस्त बिरामीलाई अन्यन्त्रै रिफर गर्नुपरीरहेको हो।
सोमवार मात्रै वेदकोट नगरपालिकाका एक सङ्क्रमितलाई अस्पतालले भेन्टिलेटरको अभावमा सेतीमा रिफर गरेकोमा त्यहाँ पनि भेन्टिलेटरको अभावमा डडेल्धुरा रेफर गरिएको थियो।
प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या अप्रत्याशित तवरमा बढिरहेको छ, तर उपचारमा खटिएका अस्पतालका जनशक्ति आधा जतीलाइै कोरोना पुष्टि भएको छ, अहिले सम्म २३ जनालाई कोरोना भइसक्यो” । प्रशासनमा २ जना मात्र कार्य सम्पादनमा लागेका छौ उता अस्पतालमा पनि चिकित्सकहरू आफै सङ्क्रमित भएर आइसोलेसनमा रहेका छन्।
अस्पतालले बारम्बार सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयलाई थप जनशक्तिको लागी पत्राचार गर्दा पनि कुनै सुनुवाइ नभएको अस्पतालका रेकर्ड भट्टले बताए। चिकित्सकको अभावमा बाँकी रहेको कोरोना सङ्क्रमितहरूको उपचार कसरी गर्ने भन्ने समस्याले पिरोलेको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताए।
यस्तै अवस्था रहे उपचारामा पनि चिकित्सकको अभावको सिर्जना हुन सक्ने र समयमै समस्याको निवारण नगरिएको मृतकको सङ्ख्या बढ्न सक्ने अस्पतालले जनाएको छ।
प्रतिक्रिया दिनुस