फाइल।

शुक्रवार कैलालीका २ जना संक्रमितको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका ११ का ६३वर्षीय पुरुष र लम्की चुहा १ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

गोदावरीका पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लम्की चुहाका पुरुषको भने सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

पछिल्लो समय कोरोना सङ्क्रमणबाट कैलालीमा ज्यान गुमाउनेहरूको सङ्ख्या बढिरहेको छ । बिहीबार मात्रै कैलालीमा ७ संक्रमितले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुस