प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने बताए। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७८÷७९ बाट लागू हुनेगरी न्यूनतम पारिश्रमिक १५ हजार पु¥याउने घोषणा गर्नुभएको हो ।

उनले श्रमिकको अहिले कायम दैनिक पारिश्रमिकलाई बढाएर ५ सय ७७ रुपैयाँ बनाइने पनि जानकारी दिए। प्रतिघण्टा पारिश्रमिक ६९ रुपैयाँबाट अब ७७ हुने उल्लेख गर्दै उहाँले श्रमिक क्षेत्रमा औपचारिक की अनौपचारिक भन्ने विभेदलाई कानुनी रूपमा अन्त्य गरिएको समेत दाबी गर्नुभएको छ । हाल श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजाार ४ सय ५० छ । दैनिक ज्याला पाँच सय १७ रुपैयाँ तोकिएको छ भने प्रतिघण्टा ६९ रुपैयाँ कायम गरिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता तथा दुई लाख श्रमिकहरू आबद्ध भइसकेको पनि प्रधानमन्त्री ओलीले बताएका हुन्।

प्रतिक्रिया दिनुस