बेलौरीमा बाघ देखिन थालेपछि स्थानीय त्रसित भएका छन्। कञ्चनपुरको बेलौरी –कलुवापुर खडकखण्ड अन्तर्गत बेलौरी नगरपालिका ५ को मैनाहा जङ्गलमा दिनहुँ साँझ बाघ देखिन थालेपछि स्थानीय त्रसित भएका हुन्।

स्थानीय व्यवसायी भवेश्वर पाण्डेले दैनिक दुई÷तिन दिन देखि मैनाहा सडक छेउछाउमा बाघ देखिन थालेको बताए। उनले सडक छेउमा बाघ देखेपछि सबै सर्वसाधारण यात्रुलाई सचेत रहन आग्रह गरेको बताए।उनले दुई वटा ठुला बाघ सडक छेउछाउ लम्पसार भएर सुत्ने, हिँडडुल गर्ने भएकाले रातिको समयमा उक्त बाटो बाट आवतजावत गर्नुहुन सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुस