कञ्चनपुरमा सूरक्षा व्यवस्थालाई थप मजबुद बनाइएको छ। विश्वव्यापी फैलिरहेको महामारीबाट जोगिन लकडाउनमा कडाइ गरीएको हो। नागरीकमा सचेतनाको अभाव महसुस गर्दे गएको जिल्ला प्रशासनले लकडाउनमा थप कडाइ गरीएको जनाएको छ।

कोभीडका सन्र्दभमा शनिवार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले हप्तामा तिन दिन मात्रै अत्यावस्यक पसल खोल्नपाइने निर्णय गरेको छ।
जिल्लामा अब देखी हप्तामा आईतवार मंगलवार र बिहिवार मात्रै अतिआवस्यक पसलहरु खोल्न पाइने प्रशासनले जनाएको छ। तरकारी फलफुल खाद्य सामग्रीका पसलहरु बिहान ६ बजे देखी ९ बजे सम्म स्वास्थ्य सुरक्षाका मापदण्डा पूर्णरुपमा पालना गरेर संचालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए।

प्रतिक्रिया दिनुस