फाइल।

कंचनपुरमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष, भीमदत्त नगरपालिका–१४ की ४८ बर्सिया महिलाको महाकाली अस्पतालमा मृत्यु भएको छ। यस्तै, भीमदत्त नगरपालिका–१८ का एक ६८ वर्षीय पुरुषको होम आइशोलेसन मृत्यु भएको र दोधारा चाँदनीको एक बिधालयमा शिक्षक पेशामा कार्यरत रहेका शिक्षक डडेल्धुराकाको परशुराम नगरपालिका–११ सलेताका ३४ वर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारको लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताए ।

सेती अस्पतालमा उपचाररत २ जनाको पनि मृत्यु भएको छ । शनिबार सेती प्रादेशिक अस्पतालमा उपचाररत थप २ जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ३२ वर्षीया पुरुष र बेल्डाडी गाउँपालिका–१ का ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । भीमदत्त नगरपालिका–१८ का ३२ वर्षीय पुरुषलाई बैशाख ५ गते कोरोना भाइरस पुस्टि भएको थियो। उनको शनिबार दिउँसो १ बजे मृत्यु भएको हो । त्यस्तै बेल्डाडीका ५५ वर्षीय पुरुषको शनिबार दिउँसो २ बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए । यो सहित कञ्चनपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

प्रतिक्रिया दिनुस