महेन्द्रनगर स्थित कञ्चन विद्या सामूदायीक कलेजका प्रिन्सिपल डा।राजकुमार साउदलाई थप उपचारका लागी काठमाडौँ लगिएको छ। गत साता उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका प्रिन्सिपल साउदको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई सोमबार बिहान उपचारका लागी महेन्द्रनगर खुला मञ्चबाट हेलिकप्टर मार्फत काठमाडौँ लगिएको हो।

एक साता पहिले कोरोना पुष्टि भएको उनमा महाकाली अस्पतालमा आवश्यक अक्सिजनको अभाव भएपछि होम आइसोलेसनमा बस्दै आएका थिए। महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ती गोविन्द रोकायाका अनुसार एक साता पहिले महाकाली अस्पतालमा उपचारका लागी आएका साउदलाई घरमै उपचार गरिने भनी लगिएको थियो।

No description available.

उनमा अक्सिजनको मात्रा कम भएको कोभिड सम्पर्क व्यक्ती रोकायाले बताए। प्रिन्सिपल साउद कोरोना महामारी सँग जुधी रहेका छन्। उनी सँगै उनका धर्मपत्नी र छोरीमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुस