राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन्। उनले सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन्।

राष्ट्रपतिले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई पनि पदमुक्त गरेकी छन्। यस अघि सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले २०७६ कार्तिक २१ गते पदभारग्रहण गरेकी थिइन्।

मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिममा गङ्गाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरिएको छ । नवनियुक्त प्रदेश प्रमुखको केही बेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम छ ।

प्रतिक्रिया दिनुस