कोरोनाका कारण मृत्यु भएका बैतडीका युवकको सम्पर्कमा रहेका १७ जना मध्ये १४ जनामा कोरोना पुष्टि भएको छ। बैतडीको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका ३३ बर्षीय पुरुषको कोरोना कारण यही वैशाख १४ गते डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

मृतकको सम्पर्कमा रहेका १७ जनाको परीक्षणका क्रममा १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। संक्रमितको मृत्युभएपछि सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरु घरमै होम आइसोलेसनमा रहेका स्वास्थ्य प्रमुख भट्टले जनाए।

प्रतिक्रिया दिनुस