महेन्द्रनगर–युमानिटी फाउण्डेसन नेपालले महाकाली अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ। फाउण्डेसनले अस्पताललाई मंगलबार बिहान अक्सिजनका ४१ थान सिलिण्डर सहयोग गरेको हो। प्रदेशका विभिन्न अस्पतालहरुमा उपचाररत कोरोना संक्रमितहरुले अक्सिजनको अभावमा ज्यान गुमाउने क्रम तिब्र भएपछि अक्सिजन सहयोग गरिएको फाउण्डेसनले जनाएको छ।
संक्रमितहरुको उपचार गराईरहेका सरकारी तथा निजि अस्पताललाई ह्युमानिटी फाउण्डेसनले अक्सिजन उपलब्ध गराउन थालेको हो । ह्युमानिटी फाउण्डेसनले सोमबार सेती प्रादेशिक अस्पताल धनगढीलाई १ सय थान र डडेल्धुरालाई १० थान अक्सिजनका सिलिण्डर उपलब्ध गराएको थियो ।
प्रतिक्रिया दिनुस