कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माण कार्य सुरु भएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीको मातहतमा रहने गरि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा निर्माण कार्य सुरु गरिएको हो।

सोमबार गेटामा संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको नेतृत्वमा ¥यापिड एक्सन टिम बनाई तयारी सुरु गर्ने जनाईएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) अध्यक्ष समेत रहेका रिजालले २ हजार क्षमताका होडिंग सेन्टरसहितको आइसोलेसन निर्माण गरिने बताए । अबको एक हप्ताभित्रै सेवा समेत सुरु गरिने उनले बताए ।

यसैबीच मन्त्री भट्टले आइसोलेसन व्यवस्थापनको लागि गेटामा तत्काल विद्युत जडान, खानेपानी व्यवस्थापन, स्वास्थ्य सामग्री तथा उपकरण व्यवस्थापनको कार्य अगाडी बढाउन निर्देशन दिइएको बताए।

प्रतिक्रिया दिनुस