महेन्द्रनगर–महाकाली अस्पताललाई बिभिन्न दुई सहकारीले अक्सिजन आपूर्तिको लागी आर्थीक सहयोग गरेका छन्।

मंगलबार उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं स्थापना दिवसको अवसरमा महाकाली अस्पताल लाई १ लाख ५० हजार र मेगा सहकारी संस्था लिमिटेडले पनि १ लाख ५० हजार गरि तीन लाख रकम अस्पताल व्यवस्थापन समितिकाका अध्यक्ष कृष्णदत्त राज जोशीलाई हस्तान्त्रण गरेको हो।

उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुर्ण बहादुर चन्दले उक्त रकम हस्तान्तरण गर्नुभएको कार्यकारी अधिकृत गणेश बहादुर चन्दले जानकारी दिए। महामारीको यो विषम परिस्थीतिमा संस्थाका सेयर सदस्यहरु कोरोनाको संकटमा परेमा उनिहरुको सहजताका लागि संस्थाले दिनको ५ सयका दरले१० दिन सम्म आर्थिक सहयोग समेत गरीने उनले जनाए।

प्रतिक्रिया दिनुस