बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका ९ मलालगाउँमा विवाह हेर्ने आएको बेला सोही नगरपालिका ८ पन्तालीकी १४ बर्षिया किशोरीको शरिरमा २० गते राती पेट्रोल छर्केर आगो लगाउने दुई जनालाई प्रहरीले पक्राउ सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सोही वडाका सुमन गिरी र शिखर थापा रहेका छन।

दुवै जनालाई पक्राउ गरि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजीत महराले जानकारी दिए। किशोरीका काका संन्जय बुढाले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेको हो। दुवै जनामाथि तेजाव प्रयोग गरि अंगभंग गर्न नहुने कसुर मुद्धा चलाईने प्रहरीले जनाएको छ। बालबालिका सम्वन्धी ऐन २०७५ बमोजिम जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुसन्धान अगाडी बढाईएको जनाईएको छ।

प्रतिक्रिया दिनुस