नेकपा (क्रान्तिकारी माओवादी) ले कार्ल मार्क्सको २०३औँ जन्मदिवस अवसरमा वक्तव्य जारी गर्दै नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई समृद्ध तुल्याउँदै र सच्चा कम्युनिस्टहरूलाई एकताबद्ध तथा ध्रुवीकृत गर्दै माक्र्सले देखाएको युगान्तकारीपरिवर्तनको बाटोमा दृढताका साथ अगाडि बढ्न सम्पूर्ण पार्टी पङ्क्ति तथा आम उत्पीडित जनतामा आर्दिक आह्वान गरेको छ ।

पार्टी महासचिव मोहन वैद्य किरणले जारी गरेको वक्तव्यमा चनिएको छ, “विश्वभरिका प्रतिक्रियावादी शासकहरु तथा सबै खाले संशोधनवादका विरुद्ध निर्मम सङ्घर्ष गर्नुृ र नयाँ जनवादी क्रान्तिको दिशामा अगाडि बढ्नुमा नै कार्ल माक्र्सका ऐतिहासिक तथा युगान्तकारी योगदानहरूको पुनः संस्मरण र माक्र्सवादप्रति निष्ठा जाहेर गर्नुको सार्थकता निहित छ ।”

प्रतिक्रिया दिनुस