कोरोना महामारीका बिच जारी लकडाउनले कोठा भाडामा लिएर समस्यामा परेका ३० विद्यार्थीहरुको नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले उद्धार गरेको छ। महेनद्रनगरमा अध्ययनरत विभिन्न ३० विद्यार्थीहरुलाई जिल्ला प्रशासन सँग समन्वय गरी पवनदुत यातायातको बस मार्फत गृह जिल्ला बझाङ पठाइएको अखिल क्रान्तिकारीका केन्दीय सदस्य प्रकास जप्रेलले जानकारी दिए।

बझाङ्ग घर भई महेन्द्रनगर स्थित विभिन्न विद्यालय, क्याम्पस एव शैक्षिक संस्थामा अध्यापन गर्दै आएका विद्यार्थीलाई बुधबार बिहान घर पठाईएको उनले बताए।

प्रतिक्रिया दिनुस