महेन्द्रनगर–कोरोना महामारीबाट जारी लकडाउनका बिच कञ्चनपुरमा मास्क मात्रै लगाउनेलाई प्रहरीले कार्वाही थाल्ने भएको छ। बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दे शब्जी खरीद तथा अत्यावश्यक कामका लागी बाहिर निस्कनेले स्वास्थ्य सूरक्षाका सम्पुर्ण सामाग्री प्रयोगमा ल्याइएको हुनुपर्ने जनाएको हो।

मास्क,ग्लोब्स र फेश सिल्ड ( भाइजर सहितको हेलिमेट लगाएको व्यक्ति फेस सिल्ड लगाउनु नपर्ने) अनिवार्य लगाएको हुनुपर्ने प्रशासनले जनाएको छ। अन्यथा प्रहरीले ठाउँको ठाउ कार्वाही चेतावनी दिइएको छ। प्रशाससनले जारी गरेको आदेशको व्यापक उल्लंघन गरिएको भन्दै स्वास्थ्य सुरक्षा मापदण्डको उचित पालना गर्न सुचनामा उल्लेख गरिएको छ।

प्रशासनले प्रत्येक आईतबार,मङगलबार र बिहिबार बिहान ६ बजेदेखी ९ बजेसम्म तरकारी र खाद्यान्न खरिद बिक्रिको समय तोकेको छ। उक्त समयमा भीडभाड बढी हुन थालेपछि कोरोना संक्रमणको जोखिम रहेकाले सो समयमा मास्क,ग्लोब्स र फेश सिल्ड अनिवार्य लगाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए । सो समयमा मास्क,ग्लोब्स र फेश सिल्ड प्रयोग नगरे संक्रामण रोग ऐन २०२० बमोजिम कारवाही हुने बताएका छन ।

प्रतिक्रिया दिनुस