महेन्द्रनगर–कञ्चनपुरमा इटाभट्टामा काम गर्ने १३ वर्षीय बालकको शरीर दुइ टुक्रा भएको छ। गयराती भीमदत्तनगरपालिका–८ तिलाचौर स्थित जगदम्बा ईटाभट्टामा कार्यरत १३ वर्षीय अर्जुन पुजाराको शरीर बाट टाउको अलग भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक लाल बहादुर बमले कोईला पिस्ने मेसिनमा बालकको मृत्यु भएको बताए।

लकडाउनका कारण विद्यालय बन्द भएपछि बालक इटाभट्टामा सातादेखि दैनिक ज्यालादारीमा काम गर्दै आएको प्रहरीले जनाएको छ। मृतक परिवार, स्थानीयले भने इटाभट्टा जस्तो गम्भिर प्रकृतिका भारी काममा नाबालकलाई मजदुरीका लागि काममा खटाएर बालश्रम समेत शोषण गरेको भन्दै संचालकमाथि कार्बाहीको माग अघि सारेका छन।

नाबालकलाई श्रममा लगाउनेमाथि कार्बाहीको माग अघि सार्दै स्थानीयले इटाभट्टा घेराउ गर्दै बिरोध गरेका थिए । मृतक बालकको शव महाकाली अस्पतालमा राखीएको छ। तर, मृतक पीडित पक्षले भने दोषि उपर कार्बाही नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन। स्थानीय एव बाल सरोकारवाला पक्षले नाबालकलाई श्रममा लगाउने काम नै गैर कानुनी र निन्दनिय भएको टिप्पणी गरेका छन। प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ। भीमदत्त नगरपालिका १० तिलाचौरका बालक सिद्धनाथ माध्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत थिए ।

प्रतिक्रिया दिनुस