कृष्ण नेपाली २३ वैशाख,महेन्द्रनगर→कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई कोरोना रोकथामका लागि आर्थिक सहयोग गरेको छ । भीमदत्त नगरपालिकाले महाकाली अस्पतालमा अक्सिजन लगायतका स्वास्थ्य समाग्री खरिदका लागि २०लाख रुपैया सहयोग गरेको हो ।

बिहीबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्ट, उपप्रमुख शुशिला चन्द(सिह)ले महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)लाई चेक हस्तान्तरण गरेका छन । चेक ग्रहण गर्दै महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले भीमदत्त नगरपालिकाबाट महाकाली अस्पतालमा स्वास्थ्य समाग्री खरिद एव सहयोगले कोरोना रोकथाममा ठूलो मदत पुगेको बताएका छन ।

चेक हस्तान्तरण गर्दै भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले महामारीसंग सामना गर्न एव कोरोना जित्नका लागि नगरपालिकाले हरकदम प्रयास गर्ने बताए ।

प्रतिक्रिया दिनुस