पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।

बिहीबारसम्म कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ । जसमध्ये ६७ हजार २४६ जना होम आइसोलेसनमा र ५३१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै ६५२ जनाको आईसीयूमा र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुस