बेलौरीकी ५७ वर्षीय एक महिलाले कोरोना जितेकी छन्। वडा नम्बर ३ का ५७ बर्षिय ति महिलाको ७ दिन कोभिड हस्पिटल कुण्डामा उपचार गरि पि सि आर नेगेटिभ आएर डिस्चार्ज गरिएको छ। उनलाई कोभिड हस्पिटलमा स्वास्थ्यकर्मी नियमित अक्सिजन र औषधी दिईरहेका थिए।

कोरोना निको भई सकेपनि एक पटक अन्य फोक्सो सम्बन्धि रोगहरुको चेकजाँच गराउन सल्लाह दिएको कोभिड हस्पिटलमा कार्यरत हेल्थ असिस्टेन्ट प्रकाश थापाले बताए ।

त्यस्तै कुण्डामा ५० बेडको कोरोना अस्पताल सञ्चालनमा रहेको बेलौरी नगरपालिकाले जनाएको छ। बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले हस्ताक्षर गरेको विज्ञप्तीमा कुण्डामा ५० बेडको कोरोना अस्पताल संचालन गरेको, जनशक्ति स्वास्थ्य समाग्री प्रबन्ध गरिएके छ । थप अक्सिजन खरिदका लागि पहल भईरहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुस