बिषालु सर्पको टोकाइबाट बैतडीमा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–५ बस्तीका १३ वर्षीय पवन जोशी छन्।
बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार पसलमा बसिरहेका बेला ती बालकलाई सर्पले डसेको हो। बिहीबार बेलुका सर्पले डसेका जोशीलाई गाउँमै जडीबुटी सहित उपचार गरेपनि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक स्थानीय कफलाशैनी मावि पूजारीगाउँमा कक्षा ८ मा अध्ययनरत रहेका आफन्तले बताएका छन्।
प्रतिक्रिया दिनुस