फाइल।

कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणबाट सोमबार ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमदत्त नगरपालिकाका–३, पुनर्वास नगरपालिकाका–२ तथा बेलौरी र बेदकोट नगरपालिकाका १÷१ जनारहेको स्वास्थ्य कार्यालयले जनाएको हो। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका–६ का ६८ वर्षीया महिला र ४० वर्षीय पुरुष र वडा नं. ७ का ५३ वर्षीय पुरुष रहेका छन्। यसैगरि पुनर्वास नगरपालिका–११ का ७४ वर्षीय र वडा नं. ६ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ।

बेदकोट नगरपालिका ४ की २० वर्षीया महिला र बेलौरी नगरपालिका ३ की ७२ वर्षीया महिलाको मृत्यु भएको छ। आइतबार कञ्चनपुरमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो।

हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण ७४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। कञ्चनपुरमा सोमबार १८१ जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर परीक्षणबाट १६४ र एन्टिजेन परीक्षणबाट १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा पीसीआर परीक्षण गराएका १ हजार ५१ र एन्टिजेन परीक्षण गराएका ३४७ जना संक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुस