पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह कोरोना सङ्क्रमणमुक्त भएका छन्। दुई जनाको पीसीआर परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको नर्भिक इन्टरनेशनल अस्पतालले जनाएको हो।

सङ्क्रमणमुक्त भएपछि पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ। स्वास्थ्य अवस्थामा सुधार आएपछि पूर्वरानी कोमल शाहलाई केही दिनदेखि आईसीयूबाट शय्यामा सारेर उपचार भइरहेको छ।

भारतमा कुम्भमेलामा सहभागी भएर फर्किएलगत्तै १८ दिन अघि पूर्वराजा दम्पतीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो। यस्तै पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल भने निको भएर घर फिर्ता भएका छन्।

प्रतिक्रिया दिनुस