कञ्चनपुरमा अझै एक साता निषेधाज्ञा थप गरीएको छ। बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको बैठकले जेठ ७ गते सम्मका लागी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले नयाँ भेरियन्ट सहितको कोभिड– १९ को संक्रमण पछिल्ला दिनहरुमा उच्च दरमा फैलिदै गएकाले थप एक साता निषेधाज्ञा लम्बाइएको जानकारी दिए। निषेधाज्ञाको समयमा यस अघि लागु गरीएका नियम र तरकारीका हकमा भने आवस्यकता अनुसार सम्बन्धीत स्थानिय तहले घुम्ती पसल सञ्चालन गर्न सकिने उनले बताए। महेन्द्रनगर स्थित सब्जीमण्डी लगायत सबै हाटबजार आजका मिती देखी बन्द गर्न लगाइएको प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिए। उनले सबैमा सूरक्षीत रहन आग्रह समेत गरेका छन्।

प्रतिक्रिया दिनुस