ज्याला मजदुरी गर्दे आएका कञ्चनपुरका एक युवक मृत फेला परेका छन्। जिल्लाको भीमदत्तनगरपालिका –५ सोभातालका ३० वर्षीय रामप्रसाद चौधरी शुक्रबार विहान झुण्डिएको अवस्थामा मृत फेला परे। ज्याला मजदुरीको काम गर्न भिमदत्त नगरपालिका ८ मा डेरा गरी बस्दै आएका चौधरी शुक्रवार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए।

घर नजिकै रहेको निर्माणाधीन घरको खम्बामा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरी नायव उपरीक्षक थापाले बताए। मृत चौधरीका परीवारले भने हत्याको आसंका गरेका छन्। मृतक युवकको आखामा गहिरो चोट, शरिरमा निलडाम देखीएको प्रहरीले जनाएको छ। चौधरी झुण्डीएको स्थान एकदमै होेचो र हत्या गरी उक्त स्थानमा झुण्ड्याइएको आसंका मृतकका परीवारले गरेका छन्। घटनाको सत्यतथ्य छानविनको माग गरीएको छ। मृतकको शव अहिले महाकाली अस्पतालमा राखिएको र घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस