महेन्द्रनगर–कञ्चनपुरमा थप १ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भीमदत्तनगरपालिकामा ५० जना, वेदकोट नगरपालिकामा ३९ जना, सुक्लाफाँटा नगरपालिकामा ४० जना, बेलौरी नगरपालिकामा २५ जना र लालझाडी गाउँपालिकामा ३ गरी १ सय ५७ जनामा पिसीआर पोजेटिभ देखीएको हो।

त्यस्तै भीमदत्तनगरपालिकाका १२ जना, दोधारा–दाचनीका १० जना, पुर्नवास नगरपालिकाका ८ जना, बेल्डाँडी गाउँपालिकाका ३ जना र गड्डाचौकीमा गरीएको एन्टिजोन परीक्षणका क्रममा एक गरी ३४ जनामा एन्टिजेन पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ सय २ जना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको हो।
पछिल्लो २४ घण्टामा जिल्लामा ३ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा भीमदत्तनगरपालिका वडा नम्बर १८ का ६० वर्षीय पुरुष, ६६ वर्षीय पुरुष र वडा नम्बर ११ का ५० वर्षीय पुरुष रहेका छन्। यो सँगै जिल्लामा १३४ जनाको कोरोना भाइरसबाट ज्यान गएको छ।

प्रतिक्रिया दिनुस