९ जेठ, महेन्द्रनगर–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले कोभिडको समयमा सरकार अधिनायकवाद तर्फ लम्पसार भएको आरोप लगाएको छ। अखिल(क्रान्तिकारी)का अध्यक्ष हरीकृृष्ण गजुरेलले आइतबार विज्ञप्ति जारी गर्दे संसद् नै विगठन गरी मध्यावधि चुनाव गर्ने निर्णय साम्राज्यवाद तथा विस्तारवादको निर्देशनमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायत आन्दोलनका आंसिक उपलब्धीहरुलाई समेत समाप्त गरी निरंकुशता र फासीवादी तर्फ लैजाने कदमको घोर विरोध जनाएका छन्।

महामारीको समयमा स्वास्थ्य माफिया मौलाएको, कालोबजारी गरी सर्वसाधारण नागरीकलाई दुःख दिइरहेको पाइएकाले निस्पक्ष छानविन गरी कार्वाहिको दायरामा ल्याउन सरकारलाई अखिल(क्रान्तिकारी)ले सचेत तुल्याएको छ। महामारीले अक्सिजनको अभावमा कयौं नागरीक मरिरहेका, आईसीयु बेड र भेन्टिलेटरको समस्या विकराल बनिरहेको विज्ञप्तिमा भनिएको छ।

 

प्रतिक्रियाबादी राज्यसत्ता र संसदिय व्यवस्थाले राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको सरकारले सुनिश्चितता गर्न सक्दैन भन्ने कुरा पुष्टि भइसकेको हुँदा संसदीय मध्यावदी निर्वाचनबाट समस्या समाधान हुने नभइ झन ठुलो संकट र विकराल अवस्था सिर्जना हुने विज्ञप्तिमा उल्लेख छ।
अहिले कोभिडको दोस्रो लहले देश आक्रान्त बनेको अवस्थामा नागरीकको जिवनरक्षा एवं आधारभुत आवस्यकता पूरा गराउनका लागी सरकार बेखबर बनेको छ। विज्ञप्तिमा भनिएको छ।

यसै बिच अखिल(क्रान्तिकारी)ले विभिन्न ५ बुदे माग अघि सार्द अविलम्ब पुरा गर्नसरकारलाई सचेत तुल्याएको छ। कोभिड–१९ का विरामीहरुको पुर्ण रुपमा निःशुल्क परीक्षण र उपचारको व्यवस्था गरीनुपर्ने , आमजनताको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरीनुपर्ने,आमजनताको निशुल्क कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरीनुपर्ने, निस्पक्ष छानविन गरी स्वास्थ्य माफियाहरुलाई अविलम्ब कार्वाहीको दायरामा ल्याइनुपर्ने, संगठित, असंगठित मजदुर, विद्यार्थी लगायत खाना र अन्य समस्याबाट पीडितहरुको अविलम्ब विवरण संकलन गरी राहत प्याकेज सहित उचित व्यवस्थापनको प्रवन्ध गरीन अखिल क्रान्तिकारीले सरकार सँग माग गरेको छ।

हेर्नुहोस्–विज्ञप्ति

May be an image of text

 

प्रतिक्रिया दिनुस