गेटा मेडिकल कलेजमा ५० शय्याको कोभिड केयर सेन्टर सञ्चालनमा आएको छ। कोरोनाका संक्रमितको उपचारको लागि मेडिकल कलेजको भवनमा कोभिड केयर सेन्टर सञ्चालनमा आएको हो। अहिले ५० शय्याको आइसोलेसन तयारी अवस्थामा रहेको र संक्रमितलाई राख्न सुरु भएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी दिए।

आवश्यक जनशक्ति, अक्सिजन, उपकरणलगायतको तयारी भएको जनाइएको छ। प्रवक्ता भट्टले आइबारदेखि नै सेवा सुरु गरीएको जनाए। यस्तै प्रवक्ता शर्माले आईसीयूमा राखिने प्रकृतिका बिरामीलाई भने सेती प्रादेशिक अस्पतालमा रेफर गरिने बताए। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मातहत रहने गरि सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको सहकार्यमा सो आइसोलेसन सञ्चालनमा आएको हो।

गम्भीर प्रकृतिका बिरामीलाई भने सेती प्रादेशिक अस्पतालमा रेफर गरिनेछ । सुरुवाती अवस्थामा ५ सय शय्याबाट आइसोलेसन सञ्चालन गरिने बताइएको थियो । गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने संंघिय सरकारको निर्णय संगै २ हजार बेड क्षमतासम्म बनाउनका लागी तत्कालिन उधोग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट आफै उपस्थित भएर निर्माण शुरु गर्न लगाएका थिए । संघिय सरकारले आफु मात्रै श्रेय लिने गरी काम अगाडी बढाएपछि प्रदेश सरकारको उपस्थिती देखिएको थिएन । हाल तिनै तहका सरकारसंग समन्वय बढे संगै मेडिकल कलेजमा आइसोलेसन सञ्चालनमा आएको हो ।धनगढी उप महानगरपालिका, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाले आवश्यक करिब १५ जना स्वास्थ्यकर्मी खटाइसकेको छ । अक्सिजन सहायताबाट उपचार गरिने बिरामीहरुलाई गेटा मेडिकल कलेजमा राख्ने र आइसियु, भेन्टिलेटरको सहायता आवश्यक परे सेती तथा मालाखेती अस्पताल पठाइने जनाइएको छ । हाललाई ५० बेडबाट शुरु गरिएको आइसोलेसन बिस्तारै बढाउँदै लैजाने जनाइएको छ ।

साथै आवश्यक जनशक्ती समेत थप हुने प्रक्रियामा छ । आइसोलेसनको स्वास्थ्य बिभाग हेरिरहेका गोदावरी नगरपालिका कैलालीका स्वास्थ्य साखा प्रमुख बिस्णु जोशीले १५ जना स्वास्थ्यकर्मी आइसोलेसनमा खटिसकेको बताए । गोदावरी नगरपालिकाका प्रवक्ता तथा गेटा मेडिकल कलेज आइसोलेसनका सम्पर्क ब्यक्ती सर्मानन्द भट्टका अनुसार ५० बेड सहित अक्सिजन तयारी अवस्थामा छ ।

प्रतिक्रिया दिनुस