कञ्चनपुरको कृष्णपुर नगरपालिकाले १५ बेडको आइसोलेशन केन्द्र निर्माण गर्ने भएको छ। ७५ औ कार्यपालिका बैठकबाट १५ बेडको कृष्णपुर नगर कोरोना आइसोलेशन केन्द्र निर्माण गर्ने निर्णय भएको नगरप्रमुख कर्ण बहादुर हमालले जानकारी दिए। आइसोलेशन केन्द्र निर्माण गर्न अक्सिजन सहित आवश्यक पुर्वाधार तयार गर्ने, नगर कोरोना आइसोलेशन केन्द्रमा मेडिकल अधिकृत सहित दक्ष स्वास्थ्यकर्मीहरुबाट सेवा दिने, आइसोलेशन केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत अन्य स्वास्थ्यकर्मीहरुलाई २५ प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने, संक्रमित जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारीहरु अस्पताल भर्ना भई उपचार गराउनुपर्ने अवस्था आएमा अस्पतालको बिलका आधारमा बढीमा १ लाख उपचार खर्च उपलब्ध गराउने निर्णय नगरपालिकाले गरेको छ । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमितको हप्ताको ४ दिन स्वाव संकलन गर्ने भएको छ ।
नगरबासीहरुको सहजताका लागी अलग अलग स्थानमा स्वाव संकलन गर्ने निर्णय गरेको नगरप्रमुख हमालले जानकारी दिए । कृष्णपुर नगरपालिकाले सम्पर्कमा आई लक्षण देखिएका तथा कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने अवस्थाका नगरबासीका लागी नगरपालिकाले हप्तामा ४ दिन स्वाव संकलन गर्ने भएको हो । जसअनुसार प्रत्येक हप्ताको सोमबार र शुक्रबार कृष्णपुर नगर कोरोना आईसोलेसन केन्द्रमा, बुधबार नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाको भवन वाणीमा र बिहिबार वडा नं. ८ मा रहेको रैकवार विचुवा स्वास्थ्य चौकीको भवनमा स्वाव संकलन गरिने उनले बताए ।
स्वाव संकलनको समय विहान ९ बजेदेखी १० बजेसम्म तोकिएको छ । यसका साथै शुक्रबार बसेको बैठकले कोरोना महामारीलाई मध्यनगर गर्दै विभिन्न निर्णयहरु गरेको नगरप्रमुख हमालले बताए । बैठकले कोरोना महामारीको बेला खटिएका सबै कर्मचारी, स्वास्थ्यकर्मि तथा जनप्रतिनिधिहरुको १० लाख बराबरको बिमा गर्ने निर्णय गनुृका साथै नगरबासीको स्वास्थ्य अवस्थालाई मध्यनगर गरी सहज रुपमा स्वास्थ्य सेवा पु¥याउन सुविधासम्पन्न एसी र अक्सिजन सहितको एउटा एम्बुलेन्स खरिद गर्ने समेत निर्णय गरेको उनले बताए ।
यस्तै गरी बैठकले विज्ञ सहितको सेवा लिनका लागी सुविधासम्पन्न अस्पताल जान नगरपालिकाद्धारा सञ्चालित एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने, महाकाली अस्पताललाई अक्सिजन प्लान्ट व्यवस्थापनका लागि १५ लाख दिने, मालाखेती अस्पताललाई ३ लाख दिने, नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखा र अत्तरिया उपशाखालाई रक्त सञ्चार केन्द्र सञ्चालन र व्यवस्थापनका लागि १÷१ लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख हमालले बताए । नगरपालिकामा हालसम्मको रिर्पोट अनुसार २ सय १६ जना सक्रिय संक्रमित रहेका छन भने ४ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ ।