प्रधानमन्त्री केपी ओलीको पछिल्ला गतिविधि लाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कडा शब्दमा विरोध जनाएको छ। सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सोमबार विज्ञप्ति जारी गर्दै तत्काल नागरिकतासम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेको छ ।

उनले विज्ञप्तिमा भनेका छन् ‘नागरिकता जस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिंदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ । प्रधानमन्त्री ओलीले आफ्नो कुर्सी जोगाउन वा कसैलाई खुशी पार्नकै लागि यस्तो गलत निर्णय लिदा मुलुकले ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् । यस्ता प्रकारका अध्यादेशहरु राष्ट्रिय हित विपरित कार्य भएको औंल्याउँदै तत्काल फिर्ता लिन माग गरेको छ । आफ्नो सत्ता जोगाउन गरिएका गलत हर्कतहरु तत्काल खारेज गर्न ओलीलाई चेतावनी समेत दिइएको छ ।

विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘अतः हाम्रो पार्टी त्यस्ता राष्ट्रहितविपरीत कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’हरेक नेपाली नागरिकले सहज ढंगले आफ्नो देशको नागरिकता पाउनु जन्मसिद्ध अधिकार भएपनि सत्तासंकट टार्नकै लागि सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको बताएका छन् । जेठ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ९पहिलो संशोधन० अध्यादेश २०७८ जारी गरेकी थिइन् ।

biplab.jpg

प्रतिक्रिया दिनुस