कञ्चनपुरको पुनर्वास नगरपालिकामा हेल्प डेस्क सञ्चालनमा आएको छ। कोभिड–१९ व्यवस्थापन प्रणाली अन्तर्गत आईतबारबाट पुनर्वास नगरपालिका परिसरमा हेल्प डेस्क सञ्चालन गरिएको हो। नगरपालिकाको सहकार्यमा हेल्प डेस्क सञ्चालन गरी नगरपालिकालाई विभिन्न आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको अभियानकी संयोजक लक्ष्मी श्रेष्ठले जानकारी दिइन्।

उनका अनुसार कोभिड संक्रमित बिरामिलाई अक्जिजनको जोहो गर्ने, आपत्कालिन एम्बुलेन्स व्यवस्था गर्ने, होम आइसोलेशनमा बसेका कोभिड सङ्क्रमित विरामिलाई परामर्श दिने उद्धेश्यका साथ हेल्प डेस्क स्थापना गरेको उनको भनाई छ।

पुनर्वास नगरपालिकालाई सँगसँगै अभियानले एन्टिजेन किट ७५ पिस, भिटिएम ३०० पिस, पीपीई सेट १ थान, स्यानिटाईजर ५ लिटर १ थान,डिसिफिकेन्ट सोलुसन ५ लिटर १ थान ह्यानड स्यानिटाईजर १० थान ९१२० मि.लि., मास्क २० पिस, सर्जिकल मास्क ४०० पिस, एक्जामिनेसन ग्लोभ्स ३०० पिस, युटिलिटि ग्लोभ्स १० पिस, अक्सिमिटर ३ पिस, डिजिटल थर्मामिटर १ थान र थर्मगन ३ थान सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुस