महेन्द्रनगर–कञ्चनपुरमा पछिल्लो २४ घण्टामा थप ७१ जनामा कोरोनाका भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिका २९ जना, बेदकोट नगरपालिकाका २ जना, सुक्लाफाँटा नगरपालिकाका २ जना, कृष्णपुरका ८ जना, दोधाराचादनी नगरपालिकाका १ जना, बेलौरी नगरपालिकाका ११ जना र लालझाँडीका एक गरी ५४ जना रहेका छन्। त्यस्तै एन्टिजोन परिक्षणमा भीमदत्तका २, दोधाराचादनीमा ५, कृष्णपुर र सुक्लाफाँटामा ४–४ र गड्डाचौकीनामा २ गरी १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कञ्चनपुरकी कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन्।

त्यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाबाट तिन जनाले ज्यान गुमाएका छन्। कृष्णपुर नगरपालिका–५ का २८ वर्षीय पुरुष, वडा नम्बर ९ का ५२ वर्षीय पुरुष र पुर्नवास नगरपालिका–४ का ६० वर्षीय पुरुषको कोरोनाका ज्यान ज्यान गएको छ। यस सँगै जिल्लामा दोस्रो चरणको कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ५५ पुगेको छ ।

प्रतिक्रिया दिनुस