जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालय कैलालीले एक साता निषेधाज्ञा थप गरेको जनाएको छ । कैलालीमा निषेधाज्ञा थपिएको यो ५ औं पटक हो। यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म, त्यसपछि वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र त्यसपछि वैशाख १ गतेदेखि वैशाख ६ गतेसम्म, ७ गतेदेखि १३ गतेसम्म निषेधाज्ञा थपिएको थियो।
विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीव्र रूपमा बढ्दै गइरहेको भन्दै निषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
प्रतिक्रिया दिनुस