महेन्द्रनगर–कञ्चनपुरमा बिहिबार २ सय १८ जना कोरोेना भाइरसको संक्रमण बाट मुक्त भएका छन्। भने ६२ जनामा भाइरस पोजेटिभ देखीएको छ। भीमदत्तनगरपालिकाका १५ जना, बेदकोटका ४ जना, सुक्लाफाँटाका २ जना, कृष्णपुरका ८ जना, पुर्नवासका १३ जना र दोधाराचादनीका ११ जना, बेलौरीका ५ जना र गड्डाचौकीमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको हो।

जिल्लामा कोरोनाको संक्रिय विरामी ८ सय ३८ जना रहेको जनाइएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा कोरोनाबाट थप ४ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा भीमदत्तनगरपालिका वडा नम्बर ५ का ४८ वर्षीय महिला, वडा नम्बर ६ का ८० वर्षीय महिला, बेदकोट नगरपालिका वडा नम्बर ६ का ४७ वर्षीय महिला र वडा नम्बर ७ का ४८ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन्। यस सँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संंख्या १ सय ५९ पुगेको छ।

प्रतिक्रिया दिनुस