फाइल।

महेन्द्रनगर–२१ राजनितिक संगठनको बिहिबार काठमाडौंमा कार्यगत एकताको बैठक बसेको छ। नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा( माले), नेपाल कम्युष्टि पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसवाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद नेपाल, नेकपा (बोल्शेविक), एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा (माक्र्सवादी), नेकपा माक्र्सवादी(पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च नेपालको बिहिबार संयुक्त रुपमा बैठक बसेको हो।

बैठकपछि २१ राजनीतिक संगठनको कार्यगत एकताको तर्फबाट सी.पी. गजुरेलद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत महत्वपुर्ण ६ निर्णयहरु सार्वजनिक गरेका छन्।

निर्णय नम्बर एकमा क.विप्लव नेतृत्वको नेकपालाई यो कार्यगत एकतामा सम्मिलित गर्ने, कोभीड सम्बन्धी निम्न निर्णय गरीएको छ। उपचार नपाएर कसैको ज्यान जाने सम्भावना नहुनुपर्ने, सबैको उपचार निशुल्क गरीनुपर्ने, निःशुल्क कोभिड खोपको व्यवस्था गरीनुपर्ने, घरमै आइसोलेसनमा बसेकालाई निरन्तर चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरीनुपर्ने, स्वास्थ्य क्षेत्रमा संलग्न माफिया, बिचौलिया, कालोबजारी र भ्रष्टाचारीहरुलाई हदैसम्मको कार्वाही हुनुपर्ने, स्वास्थ्य क्षेत्रमा भएको माफियाकरणलाई अविलम्ब अन्त्य गरीनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै बैठकले राहत प्याकेजको व्यवस्था, सरकारको फासीवादीकरणको विरोध, नागरीकता विधेयकसम्बन्धी विरोध जनाएको छ।

यस्तो छ, विज्ञप्ति

May be an image of text that says '२१ राजनीतिक सझ्गठनको कार्यगत एकताको प्रेस विज्ञप्ति समयदेखि गएको सरकारको बैठकवर्स मात्राम दोस्रोमा ताण्डव अभ खोपवाट भएकाले नागरिकलाई नि:शुल्क विचौलिया स्वास्थयकर्मीको गर्नुपर्दद घोपणा देखन चिज यसको कार्यकर्तालाई भएर वहानामा गरिरहनुभएको अवस्थामा नेता- राष्टिय नेकपा केन्द्र) नेकप नगणतान्तिक नेपाल मज्च जनसमाजवादी (वोल्शविक) एमसीसी कपा मार्क्सवादी मन्च, eunmm गजुरेल'

प्रतिक्रिया दिनुस