महेन्द्रनगर–कञ्चनपुरमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरमा अनुुसार संक्रमण पुष्टि हुनेमा भीमदत्त नगरपालिकामा १४ जना, बेदकोट नगरपालिकामा ३ जना, सुक्लाफाँटामा ९ जना, पुर्नवासमा १६ जना, दोधाराचादनीमा ४ जना, कृष्णपुरमा १ जना, लालझाडी गाउँपालिकामा एक जना र गड्डाचौकीनाका एक जना गरी ५७ जना रहेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ७६ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन्। सुक्रबार बेल्डाँडी गाउँपालिका –४ का ४५ वर्षीय महिलाको मृत्यु भएको छ। यस सँगै जिल्लामा मृत्युहुनेको संख्या १६० पुगेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्लामा कोरोनाका सक्रिय विरामी ८ सय १८ जना रहेका छन्।

प्रतिक्रिया दिनुस