महेन्द्रनगर–कञ्चनपुरको बेतकोट नगरपालिकाले कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। शुक्रबार नगरप्रमुख असोक कुमार चन्दले कोभिड अस्पतालको उद्धघाटन गरेका हुन्।
वडा नम्बर ३ को सावादैजिमा सञ्चालनमा ल्याइएको उक्त १६ शैयाको कोरोना अस्पतालमा बिरामीहरुको उपचार आजै बाट सुरु गरीएको नगरप्रमुख चन्दले जानकारी दिए। नगरपालिकाको लागतमा निर्माण गरीएको उक्त कोरोना अस्पतालमा अहिले १० बेड तयारी अवस्थामा राखीएको उपप्रमुख शुशिला सिंहले जानकारी दिइन्।
महाकाली उपप्रदेशिक अस्पतालमा बिरामिको चाप बढेको र बाहिर जाने समयसम्म बिरामीको अवस्था जटिल भइ मृत्यु समेत हुन सक्ने सम्भावना लाइ कम गर्न वेदकोट नगरपालिकाले कोभिडको उपचार गराउने उद्देश्यले अस्पताल स्थापना गरेको नगर प्रमुख चन्दले जनाए। संचालनमा ल्याएको कोभिड अस्पतालमा एकजना एमबीबीएस डाक्टर र दुईजना नर्स तथा अन्य दुईजना कर्मचारी खटिएका छन्।