काठमाडौँ : नेपालमा शुक्रबार थप ६ हजार ९ सय ५१ जनामा कोभिड–१९ पुष्टि भएको छ । देशभर गरिएको १९ हजार ३ सय १३ पिसिआर परिक्षणका क्रममा ६ हजार ८ सय ५५ र ७९७ एन्टीजेन परिक्षणका क्रममा थप ९६ जनामा कोभिड–१९ पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । त्यस्तै कोरोनाका काण थप ९६ जनाको मृत्यु भएको छ भने हालस्म्म ७ हजार ४७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ९ हजार ८ सय ४१ संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा ४ लाख २८ हजार ६७० जना कोभिड–१९मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित आइसोलेशन र ८०९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३० लाख १७ हजार ३७७ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुस